कोरियन ईपीएस भाषापरीक्षा सर्ने, पढ्नेहरुलाईफाईदा

बैशाख २३ गते-
दक्षिण कोरियामा काम गर्न जान चाहनेहरुका लागि लिईने ईपीएस भाषा परीक्षा सर्ने भएको छ । देशमा गएको महाभूकम्पमा कारण आगामी जेठ ३० र ३१ गते हुने भनिएको परीक्षा केही समय पछि सार्ने तयारी भैरहेको ईपीएस कोरिया शाखाले जनाएको छ । परीक्षा दुई सातादेखि एक महिना पछिसम्म सर्न सक्ने शाखा प्रमुख डिल्लीराम बास्तोलाले जानकारी दिएका छन् । तर परीक्षा सञ्चालन हुने मिति भने निर्धारण भैसकेको छैन । यसपटकको भाषा परीक्षा दिनका लागि ५१ हजार ३ सय जनाले फाराम भरेका थिए । परीक्षा सर्ने भएपछि, मेहनत गरेर पढ्नेहरुलाई भने फाईदा पुगेको छ ।