Final Flight Sedule 2072-02-11

तपसिलमा उल्लेखित भएका व्यक्तिहरूले तपिसल बमोजिमका कागजातहरू मिति २०७२ जेठ ५ गते देखि जेठ ८ गते सम्ममा यस कार्यालयमा पेश गरिसक्नुपर्नेछ । साथै मिति २०७२ जेठ ७ गते बिहीबार बिहान ११:०० देखि २:३० बजे सम्म हिमालयन बैंक ठमेल शाखा सञ्चय कोष भवनमा (४२५०२०२, ४२५०३५९ र ९८४१०२८९०३) गर्इ प्लेन टिकट लिनुपर्नेछ र मिति २०७२ जेठ ९ गते शनिबार ठीक १२:०० बजे इ.पि.एस. कार्यालयमा स्वयं उपस्थित भइ श्रम स्वीकृति, पासपोर्ट लगायत आवश्यक डकुमेन्ट लिई तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea  बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ ।

Click Here....
2072-02-11_Final___Name List

यस कार्यालयमा पेश गर्नुपर्ने कागजातहरू...
१. माछापुच्छ्रे बैंकमा इ.पि.एस. कार्यालयको खातामा ४६.२० डलरको नेपाली रूपैयाँ जम्मा गरेको बैंक भौचर ।
२. एभरेष्ट बैक, ग्वार्कोमा वैदेशिक रोजगार कल्याणकारी कोषको खाता न ००१०११०२२००००६ मा रु. १००० जम्मा गरेको बैंक भौचर ।
३. नेपाल लाइफ इन्स्योरेन्स कंम्पनी वा प्राइमलाइफ इन्स्योरेन्स कंम्पनीमा ५ बर्षे बैदेशिक रोजगार बिमा गरेको बिमालेखको प्रतिलिपि ।
४. पूर्व अभिमुखिकरण तालिमको प्रमाणपत्रको प्रतिलिपि ।

ईपीएस भाषा परीक्षा असोज २ र ३ मा परीक्षाफलकार्तिकमा आउने

रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत छैटौं कोरियाली भाषा परीक्षा असोज पहिलो हप्ता हुने निश्चित भएको छ । सोमबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा वसेको निर्देशक समितिको वैठकले निर्णय गरे अनुसार असोज २ र ३ गते गते परीक्षा संचालन हुने भएको हो । वैशाख १२ गतेको महाविनाशकारी भुकम्प र त्यसपछिको शक्तिशाली पराकम्पनहरुका कारण पूर्व निर्धारण  गरिएको जेष्ठ ३० र ३१ गते छैठौं कोरियन भाषा परीक्षा संचालन गर्न असहज भएपछि एचआरडी कोरियासंग भएको समझदारी वमोजिम असोजमा सारिएको हो । ईपीएस परीक्षा यसअघि काठमाडौंमा मात्र परिक्षा संचालन हुँदै आएकोमा यो बर्षदेखी काठमाण्डौं र पोखरासहित दुई केन्द्रबाट संचालन हुने ईपीएस शाखा नेपालले जनाएको छ । उपत्यका बाहिर परीक्षा संचालन हुनलागेको यो पहिलो पटक हो । परीक्षाफल कातिर्कमहिनामा प्रकाशित हुने ईपीएस शाखा नेपालका निर्देशक डिल्लीराम बस्तोलाले बताए । एचआरडी कोरियासंग परामर्श गरेर दुई हप्ताभित्र परीक्षाको बिस्तृत बिबरण सार्बजनिक गरिने बास्तोलाले कान्तिपुरलाई बताए । बिस्तृत बिबरणमा परीक्षा केन्द्र , स्कील टेस्ट, जब एप्लिकेसन, मेडिकल टेस्टका मिति तोकिने छन् । परीक्षाको कोर्समा कुनै परिवर्तन नभएको पनि बास्तोलाले जनाए । छैटौं भाषा परीक्षाका लागि गत २०७२ बैशाख ३ देखि ६ गतेसम्म आवेदन संकलन गरिएको थियो । काठमाडौं उपत्यकाभित्र पाँच स्थान र उपत्यका बाहिर पाँच क्षेत्रबाट ५१ हजार ३ सय जनाले आवेदन फारम भरेका थिए । कोरियाको साना तथा मझौला उद्योगहरुमा अदक्ष
कामदारको रुपमा २०१६ को कोटाबाट भित्र्याउने गरि लिन लागिएको यो बर्षको परीक्षाबाट उत्पादनमुलक क्षेत्रतर्फ ४ हजार ९ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २ हजार २ सय गरि ७ हजार १ सय अनुमानित उतीर्ण सङख्या एचआरडी कोरियाले तोकेको छ । कोरियाले औद्योगीक उत्पादन, कृषि , मत्स्य,कन्स्ट्रक्सन र सेवा क्षेत्रमा आवश्यक पर्ने अदक्ष कामदार नेपालसहित १५ मुलुकबाट आपूति र्गर्दै आएको छ । नेपाली कामदार भने औद्योगीक उत्पादन र कृषि क्षेत्रमा मात्र आउने गरेका छन्
। नेपाल र कोरियाबिच सन् २००७ को जुलाई २३ मा यस
सम्बन्धी एमओयूमा हस्ताक्षर भएपछि नेपाली युवा कोरिया आउन सुरु गरेका हुन् । थोरै लागतमा मासिक १ रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले कोरिया नेपाली युवाहरुको आकर्षक बैदेशिक रोजगार गन्तब्य बनेको छ । हाल २८ हजार नेपाली युवा यहां कार्यरत छन् ।

आल्मुनियम बिस्फोटमा परेर कोरियामा नेपालीको मृत्यु

सोल-दक्षिण कोरियामा आल्मुनियम बिस्फोटमा परेर एक नेपालीको मृत्यु भएको छ | फेन्थेकमा रहेको फेन्तेक फोङजन पिछल नामक आल्मुनियम कम्पनीमा कार्यरत दाङ रामपुरका अतिउल्लाह खानको शुक्रबार अल्मुनियमको पोर्मिल धुलो हाल्ने क्रममा बिस्फोट भएर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

सोहि कम्पनीमा कार्यरत भोजपुरका नबिन राईका अनुसार २४ बर्षीय खान ६ महिनाअघि कोरिया आएका हुन् । उक्त कम्पनीमा नेपाली १६ जना कार्यरत छन् |घटनापछि हेलिकप्टरमा हालेर घाइते अवस्थामा हालिम युनिभर्सिटी मेडिकल सेन्टरमा पुर्याइएको थियो |

अल्मुनियमको धुलो बिस्फोटन भएकोबारे कोरियन सुरक्षा निकायले अनुसन्धान गरिरहेको कम्पनि श्रोतले जनाएको छ | सोलस्थित नेपाली दुतावासका श्रम सहचारी अनिलकुमार गुरुङ शुक्रबार घटनास्थलमा पुगेर घटनाको जानकारी लिएका थिए | शब यङदम्पोको एक अस्पतालमा राखिएको छ |

प्रहरीको प्रारम्भिक प्रतिबेदन आएपछि घटनाको बिबरण थाहा हुने सोलस्थित नेपाली दूताबासका उपनियोग प्रमुख राजाराम बर्तौलाले बताए | प्रतिबेदन सोमबार आउने सम्भावना रहेको छ |

त्यस्तै दुर्घटनामा परेर खानसंगै काम गरिरहेका बारा हरैया नयाबस्तीका हरि सुवेदी गम्भीर घाइते भएका छन । त्यहाँ कार्यरत एक नेपाली कामदारका अनुसार सुबेदीको अवस्था चिन्ताजनक रहेको छ

source:- फोनिज कोरिया

कोरियामा नेपाली कामदारलाई श्रम विभागको सहयोग

लिलु डुम्रे | दक्षिण कोरिया

साना तथा मझौला कम्पनीहरुमा कार्यरत नेपाली कामदारहरुलाइ बिदाको लागि कोरियाको श्रम बिभागले कम्पनिहरुलाई पत्राचार गरेको छ । दुतावासको आग्रह पश्चात विदेश मन्त्रालयले उधोग मन्त्रालयलाई परिपत्र गरेको थियो । श्रम बिभागले मंगलबार देखि  कम्पनिहरुलाई पत्र पठाउन सुरु गरेको हो । श्रम बिभागद्वारा प्रेषित पत्रमा नेपालमा ठुलो भूकम्प गएकोले परिवारमा मृतक  भए अन्त्यष्टि ,घाइते परिवारमा  भए उपचार र हराएको भए खोजबिनका लागि बिदा मिलाईदिन उल्लेख गरिएको छ । 

कम्पनिहरुलाइ प्राप्त पत्रमा नेपालमा गएको बिनाशकारी भूकम्पमा सक्दो सहकार्य गर्न भनिएको छ । २८ हजारको संग्ख्यामा रहेका नेपाली कामदारहरुमा भूकम्पबाट बढि प्रभावित जिल्लाहरु बाट उल्लेख्य रहेका छन् । कामका लागि कोरिया रहेका गोरखा घ्याल्चोकका प्रज्ञान कार्कीले भने  नेपालीको पिडामा यहाँको सरकारको सहानुभूतिले ठुलो सहयोग भएको बताए । कम्पनी मालिकले बिदा दिएको तर आफ्नो  व्यक्तिगत कारणले नेपाल फर्कन नसकेको उनले बताए ।

बिदाको लागि दुतावासले सघाउने सुचित गरिए पनि  व्यक्तिगत प्रयासमा केहि कामदार परिवार भेट्न नेपाल पुगेका छन् । नेपाल पुगेकाहरु राहत तथा उद्दारमा कार्यमा खटेका छन ।

- See more news

2072-02-20_CW_Proposed

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७२ जेठ २०  गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण मिति २०७२ जेठ १३ गते बेलुकासम्ममा प्रकाशित गरीनेछ । उल्लेखित व्यक्तिहरूले CCVI फाराम नभरेमा यथाशिघ्र छिटो इ पि एस कार्यालयमा आइ CCVI फाराम भर्नुहुन समेत जानकारी गराइन्छ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ । 

Click Here.....
2072-02-20_CW_Proposed Name List

@Thank You