कोरियामा नेपाली कामदारलाई श्रम विभागको सहयोग

लिलु डुम्रे | दक्षिण कोरिया

साना तथा मझौला कम्पनीहरुमा कार्यरत नेपाली कामदारहरुलाइ बिदाको लागि कोरियाको श्रम बिभागले कम्पनिहरुलाई पत्राचार गरेको छ । दुतावासको आग्रह पश्चात विदेश मन्त्रालयले उधोग मन्त्रालयलाई परिपत्र गरेको थियो । श्रम बिभागले मंगलबार देखि  कम्पनिहरुलाई पत्र पठाउन सुरु गरेको हो । श्रम बिभागद्वारा प्रेषित पत्रमा नेपालमा ठुलो भूकम्प गएकोले परिवारमा मृतक  भए अन्त्यष्टि ,घाइते परिवारमा  भए उपचार र हराएको भए खोजबिनका लागि बिदा मिलाईदिन उल्लेख गरिएको छ । 

कम्पनिहरुलाइ प्राप्त पत्रमा नेपालमा गएको बिनाशकारी भूकम्पमा सक्दो सहकार्य गर्न भनिएको छ । २८ हजारको संग्ख्यामा रहेका नेपाली कामदारहरुमा भूकम्पबाट बढि प्रभावित जिल्लाहरु बाट उल्लेख्य रहेका छन् । कामका लागि कोरिया रहेका गोरखा घ्याल्चोकका प्रज्ञान कार्कीले भने  नेपालीको पिडामा यहाँको सरकारको सहानुभूतिले ठुलो सहयोग भएको बताए । कम्पनी मालिकले बिदा दिएको तर आफ्नो  व्यक्तिगत कारणले नेपाल फर्कन नसकेको उनले बताए ।

बिदाको लागि दुतावासले सघाउने सुचित गरिए पनि  व्यक्तिगत प्रयासमा केहि कामदार परिवार भेट्न नेपाल पुगेका छन् । नेपाल पुगेकाहरु राहत तथा उद्दारमा कार्यमा खटेका छन ।

- See more news