आल्मुनियम बिस्फोटमा परेर कोरियामा नेपालीको मृत्यु

सोल-दक्षिण कोरियामा आल्मुनियम बिस्फोटमा परेर एक नेपालीको मृत्यु भएको छ | फेन्थेकमा रहेको फेन्तेक फोङजन पिछल नामक आल्मुनियम कम्पनीमा कार्यरत दाङ रामपुरका अतिउल्लाह खानको शुक्रबार अल्मुनियमको पोर्मिल धुलो हाल्ने क्रममा बिस्फोट भएर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

सोहि कम्पनीमा कार्यरत भोजपुरका नबिन राईका अनुसार २४ बर्षीय खान ६ महिनाअघि कोरिया आएका हुन् । उक्त कम्पनीमा नेपाली १६ जना कार्यरत छन् |घटनापछि हेलिकप्टरमा हालेर घाइते अवस्थामा हालिम युनिभर्सिटी मेडिकल सेन्टरमा पुर्याइएको थियो |

अल्मुनियमको धुलो बिस्फोटन भएकोबारे कोरियन सुरक्षा निकायले अनुसन्धान गरिरहेको कम्पनि श्रोतले जनाएको छ | सोलस्थित नेपाली दुतावासका श्रम सहचारी अनिलकुमार गुरुङ शुक्रबार घटनास्थलमा पुगेर घटनाको जानकारी लिएका थिए | शब यङदम्पोको एक अस्पतालमा राखिएको छ |

प्रहरीको प्रारम्भिक प्रतिबेदन आएपछि घटनाको बिबरण थाहा हुने सोलस्थित नेपाली दूताबासका उपनियोग प्रमुख राजाराम बर्तौलाले बताए | प्रतिबेदन सोमबार आउने सम्भावना रहेको छ |

त्यस्तै दुर्घटनामा परेर खानसंगै काम गरिरहेका बारा हरैया नयाबस्तीका हरि सुवेदी गम्भीर घाइते भएका छन । त्यहाँ कार्यरत एक नेपाली कामदारका अनुसार सुबेदीको अवस्था चिन्ताजनक रहेको छ

source:- फोनिज कोरिया