विदेशी विद्यार्थीका लागि कोरिया आकर्षणको केन्द्र, अध्यागमनले भिषा प्रकृया खुकुलो बनाउँदै


दक्षिण कोरियाको कानुन मन्त्रालय अन्तर्गत अध्यागमन
विभागले दक्ष
विदेशी कामदारका लागि भिषा प्रकृयामा केहि सहजता ल्याएको छ
। जसअनुसार कोरियामा अध्ययनरत
विद्यार्थीहरूका लागि विशेष व्यवस्था गरि दक्ष
कामदारको रूपमा कोरियामा नै रोजगार तथा व्यवसाय
गर्न सहज हुने भएको छ । हालसम्म विद्यार्थीहरूलाई
आफ्नो अध्ययन सकेर काम खोज्न दिइने समयावधि थप
गरिने भएको छ । त्यस्तै विद्यार्थीहरूले अध्ययन सकेर आफ्नै
व्यवसाय गर्न चाहेमा सहज रूपमा ब्यवसाय गर्ने भिषा डि९
उपलब्ध गराउने ब्यवस्था मिलाएको छ । यसैगरि ग्रिन
कार्ड लिन पनि सहज हुने भएको छ । उच्च
शिक्षा(मास्टर्स र पि एच डि) लिइरहनु भएका
विदेशी विद्यार्थीहरूले आफ्नो परिवार बाहेक
आमा बुबा(आफ्नो वा श्रीमान् श्रीमतिको२जनासम्म)
पनि सँगै बस्न सक्ने गरि भिषा उपलब्ध गराउने
ब्यवस्था गरिएको छ ।
उल्लेखित नियमअनुसार कोरियाका विश्वविद्यालयबाट
स्नातक तह (Bachelor’s Degree 대학교) उत्तिर्ण
गरि कोरियाको कुनै पनि कंपनिमा आवद्ध रहि काम गर्न
चाहेमा E-7 भिषाको लागि आवेदन दिन सकिनेछ । यस
अघिको नियममा यसै
भिषाको व्यवस्था भएता पनि आफ्नो मुल
विषयमा केन्द्रीत रोजगारमा मात्र काम गर्ने सकिने
व्यवस्था भएकोमा हाल सो नियममा परिवर्तन
गरि कामको क्षेत्र वृहत रूपमा विस्तार
गरिएको जनाइएको र प्राप्तांकलाई आधार मान्ने
गरिएकोमा सो हटाइएको छ । अध्ययन सकेर काम
खोज्नका लागि दिइने भिषा D-10 मा पनि परिवर्तन
गरिएको छ । यसभन्दा अघि प्राप्तांक औषतमा ३.०
वा ८०प्रतिशतभन्दा बढी हुनुपर्ने र
आफ्नो प्रोफेशरको सिफारिस
लिनुपर्नेमा सो हटाइएको छ ।त्यस्तै १बर्षसम्म
D-10भिषा पाउने गरिएकोमा त्यसलाई बढाएर २बर्षसम्म
दिन सकिने गराइएको छ ।
विदेशी विद्यार्थीले स्वरोजगार वा व्यवशाय
गर्नका लागि भिषाको व्यवस्थामा सहजता आउने
भएको छ । जसअनुसार ब्वयसाय संचालन गर्न चाहिने भिषा
D-9मा यसभन्दा अघि करिब ३०करोड वन विदेशबाट
ल्याउनुपर्नेमा विद्यार्थीले व्यवसाय सन्चालन गर्न
चाहेमा १०करोड वनमात्र भए पुग्नेछ । १०करोड
वनमा पनि ५करोड विदेशबाट ल्याउनु पर्ने र ५करोड वन
कोरियामा भएको पैसाको सदुपयोग गर्न पाइने
ब्यवस्था छ ।
ग्रिनकार्डका लागि इन्जिनियरिङ विधामा स्नातक
तह(Bachelor’s degree 대학교) अध्ययन गरि अध्ययनसँग
सम्बन्धित काममा ३बर्ष रोजगार गरेमा गरेमा ग्रिनकार्ड
प्रात गर्न सकिनेछ । कुनै पनि विषयमा स्नातकोत्तर
(Master’s Degree) गरि ३बर्ष रोजगार
गरेमा(पढाइको विषयसँग सम्बन्धित नभए पनि हुने)
ग्रिनकार्ड पाप्त गर्न सकिने भएको छ ।
यसभन्दा अघि मास्टर्स र पिएचडि विद्यार्थीले
आफ्ना बुबा आमालाई कोरिया ल्याइ संगै बस्न पाउने
भिषा उपलब्ध नहुनेमा हाल सो व्यवस्थालाई हटाइ अध्ययन
शुरू गरेको ६महिना पछि बुबा आमा(दुइ जना) पनि संगै बस्न
पाउने भिषा F-1-15को व्यस्था गरिने भएको छ ।
यस्तो भिषा विद्यार्थीको भिषा रहुन्जेलसम्म पाइने
ब्यवस्था गरिएको छ ।