कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्र्तगत ६ औ
भासा परीक्षा आउँदो जुनमा गर्ने तयारी गरेको छ ।
मानव संसाधन विकास संस्था (एचआरडी) को कार्यतालिका उल्येख
गर्दै इपिएस नेपालले जुन १३ र १४ (जेठ ३० र ३१) मा परीक्षा गर्ने
जनाएको हो ।
तालिका अनुसार अप्रिल १६ देखि १९ (बैसाख ३ देखि ६) मा
दरखास्त संकलन गर्ने छ । काठमान्डौंमा ४, धरानमा १, पोखरामा १,
बुटवलमा १, डढेल्धुरामा १ र जनकपुरमा १ वटा गरी ९ वटा दरखास्त
संकलन केन्द्र तोकेको छ ।
२०१६ का लागि लिइने परीक्षामा कति उत्तीर्ण गर्ने भन्ने बारेमा केही
उल्लेख छैन । २०१६ मा पनि २०१५ कै जति कोटालाई निरन्तरता
दिइने कोरियामा नेपालीहरुबीच चर्चा छ ।
छौटौं भाषा परीक्षा उतिर्ण गर्ने उमेरद्धार २०१५ को कोटामा आउने
छन् । यहाँको सरकारले डिसेम्बर अन्तिममा बार्षिक कोटा स्वीकृत
गर्दछ ।
चौथो परीक्षाबाट औद्योगीक उत्पादन क्षेत्रमा ४ हजार ९ सय ६० र
कृषि तर्फ ३ हजार ७ सय ६२ गरेर ८ हजार ७ सय २२ जना उतिर्ण
भएका थिए । जसमध्य बाँकी २७ सय रहेका थिए । भने पाँचौ भाषा
परीक्षामा ३६ सय ६३ जना उत्तिर्ण भएका थिए ।
जसमध्य चौथो भाषा परीक्षा पास भइ कोरिया आउन नपाएका र पाँचौ
भाषा परीक्षा पास भएकाहरुको गत जनवरीदेखि श्रमसम्झौता भइरहेको
छ ।
ईपीएस शाखा नेपालका अनुसार गत तीन महिनाभित्रै २४ सय २३ जना
बढी उमेरद्वारको श्रम सम्झौता भइसकेको छ । बाँकी ३ हजार ९ सय
४० को संझौता क्रमस हुने जनाइएको छ ।
कोरियाले साना तथा मझौला उद्योगहरुमा आवश्यक पर्ने कामदारको
छनौट भाषा परीक्षा मार्फत गर्दै आएको छ । यस्तो भाषा परीक्षामा
सहभागि हुन आवेदक १८ देखि ३९ बर्ष उमेर समुहको हुनुपर्ने छ ।
साथै अपराधिक गतिविधिमा संलग्न नभएको, विगतमा गणतन्त्र
कोरियामा गइ गैह्र कानुनी रुपमा बसोबास नगरेको, आफ्नो देशबाट विदेश
जान रोक नलगाइएको र दुई देशले निर्धारण गरेको मापदण्ड पुग्ने
हुनुपर्दछ ।
सन् २००७ जुलाई ३१ मा नेपाल र कोरियाबिच एमओयूमा हस्ताक्षर
भएपछि नेपाली युवाहरु कोरिया आउन थालेका हुन । हालसम्म ५ पटक
कोरियन भाषा परीक्षा संचालन भइसकेको छ भने करिब २६ हजार
नेपाली युवाले रोजगारी पाएका छन् ।
अन्य देशका कामदारको तुलनामा नेपाली कामदारहरु मिहेनती र
इमान्दार भएकाले रोजगारदाताको रोजाईमा पर्ने गरेका छन् । कडा
मिहेनतमा मासिक सवालाख रुपैयां कमाई हुने दक्षिण कोरिया नेपाली
युवाहरुको रोजाईमा छ ।
नेपालीलाई ६४३१ कोटा
कोरियाको श्रम तथा रोजगार मन्त्रालयलले सन् २०१५ जनवरीदेखि
डिसेम्बरसम्म ६ हजार ४ सय ३१ नेपाली कामदार ल्याउने घोषणा
गरेको छ । जसमध्य चालुवर्षको त्रैमासिकमा २४ सय २३ जनाको
श्रमसंझौता भइसकेको छ ।
मन्त्रालयद्धारा प्रकासित तालिका अनुसार चालु वर्षमा
इपिएसमार्फत आउने १५ देशका कामदारमध्य नेपाललाई तेस्रो
प्राथामिकतामा राखेको छ । पहिलो प्राथामिकतामा कम्बोडियाली र
दोस्रोमा इन्डोनेशियाली कामदार परेका छन् । कम्बोडियालाई ९ हजार
१ सय ३० र इन्डोनेसियालाई ६ हजार ७ सय १२ जनाको कोटा
छुट्याएको छ ।
नेपाली कामदार मे महिनामा सबैभन्दा धेरै आउने छन भने सेप्टेम्बरमा
सबैभन्दा थोरै आउने छन् ।
कोरियन सरकारले यस वर्षका लागि ५५ हजार ४ सय १४ कोटा
निर्धारण गरेको छ ।
जसमध्य ४५ हजार नयाँका लागि र १० हजार पुनप्रवेश गर्नेका लागि
छ । उत्पादनमुलक क्षेत्रमा ४२ हजार ४ सय, कृर्षि क्षेत्रमा ६
हजार, निर्माण क्षेत्रमा २३ सय, मत्स्यपालनमा २२ सय र सेवा
क्षेत्रमा १ सय कोटा तोकिएको छ । नेपालीका लागि उप्पादनमुलक र
कृर्षि क्षेत्रमात्र हो ।
जसमध्य अदक्ष कामदार आर्पुती गर्ने उद्योगहरुमा १८ हजार ५ सय
५३ अतिरिक्त माग रहेको र २६ हजार ९ सय ३९ कामदारको करार
अवधि सकिने र उनिहरु स्वदेश फर्कने जनाइएको छ ।
एकपल्ट भाषा परीक्षा उत्तीर्णहरू रोजगारका लागि दुई वर्षसम्म
योग्य हुने रोजगार तथा श्रम मन्त्रालयले जनाउदै आएको छ ।