कोरियाबाट पैसा पठाउन अव मोवाइल एप्स

दक्षिण कोरियामा कार्यरत १५ देशका इपिएस
श्रमिकहरुलाई लक्षित गरि केइवि बैंकले आफ्नो नयाँ सेवा
“मोबाइल बैंकिङ्ग एफ्लिकेशन” ल्याएको छ ।
एफ्लिकेशनको माध्यमबाट नेपाली ग्राहकहरुले पनि
मोबाइल फोनबाट नै नेपालको नविल बैंकमा मात्र ५,०००
कोरियन वनमा रकम पठाउन सक्ने छन् ।
कइवि बैकले मार्च १० तारिकबाट सुरु गरेको यो योजना
२०१५ भरि सन्चालनमा रहने बताइएको छ । यसका लागि
ग्राहकहरुले कोरियाको जुनसुकै बैंकको खातामा भएको
रकम केइविको बचत खातामा रकमान्तर गरि उक्त बचत
खाताको मोबाइल बैंकिङ्ग सेवा लिएर केइवी बैंकमै
खोलिएको इजि वन एकाउन्टमा रकमान्तर गरि ग्राहक
आफैले आफ्नो नेपालमा खोलिएको बचत खातामा जम्मा
गर्न सकिने नविल बैंकका मार्केटिङ्ग एक्जिकूटिभ गोपि
पाण्डेले जानकारी गराएका छन् ।
यसरी रकम पठाउँदा ५,००० वन मात्र शुल्क लाग्नेछ । उक्त
नयाँ सेवालाई सफल बनाउनको लागि केइवीले आउने ३१ मे
सम्म यो सुविधा लिइ रकम पठाउँदा प्रत्येक कारोबारसँगै
ग्राहकलाई सिजिभी सिनेमाको २ थान टिकट उपहार
स्वरुप प्रदान गर्नेछ । यो सेवा लिए पछि ग्राहकहरुले एटिएम
मेशिनसम्म पुग्नु नपर्ने तथा जुन सुकै ठाउँबाट पनि मात्र
५,००० वनमा रकम पठाउन सक्ने छन् । साथै यो सेवा केइवि
बैंकको जुन सुकै शाखा कार्यालयबाट लिन सकिने छ । पैसा
पठाउदा नविल बैंकले नेपालमा लिने शुल्क ७ यूएस डलर भने
यथावत नै रहेको छ ।