नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच सन २००७ को जुलाई २३ मा मन्त्रीस्तरमा समझदारी पत्रमा हस्ताक्षर गरेपछि लागू भएको नेपालमा रोगगार अनुमति प्रणाली –ईपिएस० मार्फत झण्डै २७ हजार नेपाली कमदार कारिया आइपुगेका छन् ।
सन २००८ मा प्रथम पटक भाषा परिक्षा भए यता हालसम्म ईपिएस मार्फत २६ हजार ६ सय ९८ जना नेपाली कामदार कोरिया आई सकेको जानकारी ईपिएस शाखाका निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिएको रातोपाटीमा खवर छ ।। उनका अनुसार अनुर्सा २००८ मा १ हजार ८ सय ७६ जना , २००९ मा १ हजार ९ सय ११ जना , २०१० मा २ हजार १ सय ९५ जना , २०११ मा ३ हजार ७ सय ४६ जना , २०१२ मा ५ हर्जा ८ सय ८ जना , २०१३ मा ५ हजार १ सय ८४ जना र २०१४ मा ६ हजार २८ जना नेपाली कामदार कोरिया आएका छन् ।
कोरियामा नेपाली कामदारको माग बददो रहेको र चौठौ भाषा परिक्षा अघिल्लो बर्ष भन्दा ३÷४ महिना अघि नै गर्ने तयारी भएको तर यसबारे औपचारिक निर्णय भईनसकेको जानकारी पनि दिए ।
ईपिएस अन्तर्गत हाल १५ वटा देशबाट कोरियाले कामदार आपुर्ती गरिरहेको छ र सन २०१४ देखि लाओससँग पनि सम्झौता गर्दै छ ।