Flight Sedule Final 2072-02-04

तपसिलमा उल्लेखित भएका व्यक्तिहरूले तपिसल बमोजिमका कागजातहरू मिति २०७२ बैषाख २८ गते देखि जेठ १ गते सम्ममा यस कार्यालयमा पेश गरिसक्नुपर्नेछ ।साथै मिति २०७२ बैषाख ३१ गते बिहीबार बिहान ११:०० देखि २:३० बजे सम्म हिमालयन बैंक ठमेल शाखा सञ्चय कोष भवनमा (४२५०२०२, ४२५०३५९ र ९८४१०२८९०३) गर्इ प्लेन टिकट लिनुपर्नेछ र मिति २०७२ जेठ  २ गते शनिबार ठीक १२:०० बजे इ.पि.एस. कार्यालयमा स्वयं उपस्थित भइ श्रम स्वीकृति, पासपोर्ट लगायत आवश्यक डकुमेन्ट लिई तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea  बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ ।

Click Here....
Flight Sedule 2072-02-04___Final

यस कार्यालयमा पेश गर्नुपर्ने कागजातहरू....

१. Global IME बैंकमा इ.पि.एस. कार्यालयको खातामा ४६.२० डलरको नेपाली रूपैयाँ जम्मा गरेको बैंक भौचर ।
२. एभरेष्ट बैक, ग्वार्कोमा वैदेशिक रोजगार कल्याणकारी कोषको खाता न ००१०११०२२००००६ मा रु. १००० जम्मा गरेको बैंक भौचर ।
३. नेपाल लाइफ इन्स्योरेन्स कंम्पनी वा प्राइमलाइफ इन्स्योरेन्स कंम्पनीमा ५ बर्षे बैदेशिक रोजगार बिमा गरेको बिमालेखको प्रतिलिपि ।
४. पूर्व अभिमुखिकरण तालिमको प्रमाणपत्रको प्रतिलिपि ।