Flight List of 2015 May 10-12(२७,२८ र २९ बैशाख २०७२)

तपसिलमा उल्लेखित भएका व्यक्तिहरूले तपिसल बमोजिमका कागजातहरू मिति २०७२ बैशाख २१ गते देखि बैशाख २५ गते सम्ममा यस कार्यालयमा पेश गरिसक्नुपर्नेछ ।साथै मिति २०७२ बैशाख २४ गते बिहीबार बिहान ११:०० देखि २:३० बजे सम्म हिमालयन बैंक ठमेल शाखा सञ्चय कोष भवनमा (४२५०२०२, ४२५०३५९ र ९८४१०२८९०३) गर्इ प्लेन टिकट लिनुपर्नेछ र मिति २०७२ बैशाख २६ गते शनिबार ठीक १२:०० बजे इ.पि.एस. कार्यालयमा स्वयं उपस्थित भइ श्रम स्वीकृति, पासपोर्ट लगायत आवश्यक डकुमेन्ट लिई तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea  बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ ।

Flight Sedule
                         2072-01-27___Final

यस कार्यालयमा पेश गर्नुपर्ने कागजातहरू

१. माछापुच्छ्रे बैंकमा इ.पि.एस. कार्यालयको खातामा ४६.२० डलरको नेपाली रूपैयाँ जम्मा गरेको बैंक भौचर ।
२. एभरेष्ट बैक, ग्वार्कोमा वैदेशिक रोजगार कल्याणकारी कोषको खाता न ००१०११०२२००००६ मा रु. १००० जम्मा गरेको बैंक भौचर ।
३. नेपाल लाइफ इन्स्योरेन्स कंम्पनी वा प्राइमलाइफ इन्स्योरेन्स कंम्पनीमा ५ बर्षे बैदेशिक रोजगार बिमा गरेको बिमालेखको प्रतिलिपि ।
४. पूर्व अभिमुखिकरण तालिमको प्रमाणपत्रको प्रतिलिपि ।