तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७२ जेठ ४ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण मिति २०७२ बैशाख २८ गते बेलुकासम्ममा प्रकाशित गरीनेछ । उल्लेखित व्यक्तिहरूले पूर्व अभिमुखीकरण तालिम नलिएको भए यथाशिघ्र तालिम केन्द्र भैसेपाटीमा सम्पर्क गर्नुहुन र CCVI फाराम नभरेका ब्यक्तिहरूले यथाशिघ्र छिटो इ पि एस कार्यालयमा आइ CCVI फाराम भर्नुहुन समेत जानकारी गराइन्छ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ ।